वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पारु - १
नेपालको संबिधान २०७२ अनुसार राज्य शक्तिको प्रयोग तिन तहको सरकारले गर्ने व्यवस्था भए बमोजिम साविकको संधिय नकायको रुपमा रहेको क्षेत्रीय शिक्षा निर्देशनालय खारेज भै नेपाल सरकारको मिति २०७५।०३।३२ को निर्णयानुसार कर्णाली प्रदेश , सामाजिक बिकास मन्त्रालय सुर्खेतको मातहतमा रहने गरी प्रदेश सरकारको (माननीय मन्त्रीस्तरीय) मिति २०७५।०६।०५ गतेको निर्णय अनुसार शिक्षा बिकास निर्देशनालयको स्थापना भई कर्णाली प्रदेशका १० वटै जिल्लावाट शैक्षिक प्रशासन,युवा तथा खेलकुद, सामाजिक बिकास र श्रम तथा रोजगार,मुख्यमन्त्री रोजगार तर्फका सबै सेवा एकीकृत ढंगले प्रवाह गर्ने स्थापना भई कामकाज थालनी गरियो।
पुन कर्णाली प्रदेश जस्तो दुर्गम तथा भौगोलिक बिकटता कारण लाई मध्यनजर गर्दै प्रदेश सरकारले मिति २०७६।०५।०६ गतेमा गरेको निर्णय अनुसार उल्लेखित सेवा प्रवाह गर्न शिक्षा बिकास निर्देशनालय मातहत रहने गरि जिल्ला स्तरमा सामाजिक बिकास कार्यालय स्थापना गर्दे निर्णयनुसार सामाजिक बिकास कार्यालय जुम्लाको स्थापना २०७६ मंसिर १० गतेका दिन स्थापना भई जिल्लाको शैक्षिक प्रशासन, युवा तथा खेलकुद, सामाजिक बिकास र श्रम तथा रोजगार क्षेत्रमा कामकाज गर्दै आईरहेको छ ।
यस कार्यालयले श्रम तथा रोजगार ,जेष्ठ नागरिक, अपांग, युवा तथा खेलकुद , महिला तथा बालबालिका र शैक्षिक क्षेत्रलाई गुणस्तरिय तथा सुरक्षित बिधालय निर्माण गर्न भौतिक निर्माण(शिक्षालय,खेलकुद,पुरात्तातिक संग्रालय तथा मुख्यमन्त्री रोजगार कार्याक्रम अन्तर्गत थुप्पै क्षेत्रमा निर्माण) कामकार्य गर्दै आएको छ ।